आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

आइतबार, १३ असोज २०८१, ०९ : १२
आइतबार, १३ असोज २०८१

सुनसरी । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।  कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए । 

इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएको उनले बताए। 

करेन्ट लागेर मृत्यु
बराहक्षेत्र नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नो सवारी साधन ‘सिटी सफारी चार्ज’गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । विद्युत् ‘सर्ट’ भई निजको घटनास्थलमा नै मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप