आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध

आइतबार, १३ असोज २०८१, ०७ : ००
आइतबार, १३ असोज २०८१

काठमाडौँ । ‘आपत्तिजनक व्यवहार’ गरेको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले अर्जेन्टिनाका आगामी दुई खेल गुमाउने भएका छन् । सन् २०२६ को विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्ध देखाएको व्यवहारका लागि उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

गत ६ सेप्टेम्बरमा चिलीलाई ३–० गोलले हराएपछि मार्टिनेजले सन् २०२२ को विश्वकप जितेपछि गरेको विवादित ‘सेलिब्रेसन’ दोहोर्‍याएका थिए । यसपटक उनले कोपा अमेरिकाको नक्कली ट्रफीका साथ खुसीयाली मनाए ।

त्यसपछि सेप्टेम्बर १० मा कोलम्बियासँग १–२ गोलले हारेपछि मार्टिजेनजले क्यामेराम्यानको क्यामेरामा आफ्नो पञ्जा फालेका थिए । अर्जेन्टिनी फुटबल एसोसिएसनले प्रतिबन्धप्रति असन्तुष्टि जनाए पनि मार्टिनेज आफ्नो हर्कतका लागि जिम्मेवार भएको बताएको छ ।

अब उनले अक्टोबरमा हुने भेनेजुएला र बोलिभियाविरुद्धको खेल गुमाउनेछन् । अर्जेन्टिनाका लागि ४७ खेल खेलेका मार्टिनेज सन् २०२२ को विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए । यसका लागि गोल्डन ग्लोब हात पारेपछि उनले आपत्तिजनक सङ्केत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप