आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

केन घाइते हुँदा लेभरकुजनसँग रोकियो बायर्न

आइतबार, १३ असोज २०८१, ०६ : २६
आइतबार, १३ असोज २०८१

एलायन्ज एरिना । उपाधिका दुई दाबेदार टोली बायर्न म्युनिख र बायर लेभरकुजनले बुन्डेस लिगामा १–१ गोलको बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा रोबर्ट एन्ड्रिचले ३१ औँ मिनेटमा साबिक विजेता लेभरकुजनलाई अग्रता दिलाएका थिए । तर, ८ मिनेटपछि अलेक्सान्डर पाभ्लोविचले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

खेलको ८६ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केन घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । एमिन अदलीको ट्याकलपछि उनी घाइते भए । म्यानेजर भिन्सेन्ट कोम्पानीले उनको अवस्था गम्भीर नहोस् भनेर आफूहरूले आशा गरेको बताएका छन् ।

बराबरीका बावजुद बायर्न ५ खेलबाट १३ अङ्क बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा कायम छ । टोली हालसम्म अपराजित रहेको छ । लेभरकुजन भने १० अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप