बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो
आइतबार, १३ असोज २०८१, ०६ : १८
महोत्तरी । बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।
यसैबिच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झ्याप्ले खोला पहिरो : थप १० जनाको शव निकालियो
-
बागमतीमा बाढी पहिरोका कारण ४९ जनाको मृत्यु
-
बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन समिति बैठक
-
हसन नसरल्लाहको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेनले के भने ?
-
आईपीएल क्रिकेट : क्लबले ६ खेलाडी ‘रिटेन’ गर्न पाउने , फेरि ‘आरटीएमसी’ नियमको प्रवेश
-
पीडित नागरिकको उद्धारमा सरकारको चरम उदासीनता देखियो : प्रचण्ड