बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
काठमाडौँ । अविरल वर्षाका कारण खोलाले बगाएर मनोहरामा अड्किएको बुलेटमा ६ मेट्रिकटन ग्यास रहेको बताइएको छ । नेपाल आयल निगमका अनुसार सो बुलेटमा उक्त परिमाणमा ग्यास रहेको हो । निगमका निर्देशक मनोज ठाकुरका अनुसरा सामान्यतया बुलेटमा पूरा ग्यास हुँदा १८ देखि २० मेट्रिकटन तौल हुन्छ ।
उक्त बुलेट पशुपति अटो नामक कम्पनीको हो । यसले ग्यासबाट चल्ने गाडीहरुमा रिफ्युलिङको काम गर्दै आएको थियो । अविरल वर्षाले प्लान्ट नै बगाएपछि बुलेट समेत बगेको पाइएको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए ।
बुलेटमा ग्यास कम भएको तथा खोलाको बीचमा भएका कारण धेरै जोखिम नरहेको अध्यक्ष घिमिरे बताउँछन् । तर, खोलाको बहाबले बुलेटलाई किनारा लगाइदियो भने यसले असर गर्नसक्ने उनको भनाइ छ ।
सिलिन्डरभित्र ग्यास चाप पानीको भन्दा बढी हुने भएकोले तौल पनि बढी हुन्छ । त्यसैले बुलेट तैरिँदैन । लिक भइरहेको ग्यास खोलाकै बीचबाट उडेर सकिए यसको जोखिम कम हुने घिमिरे बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि
-
बुढासुब्बा गोल्डकप :‘सडन डेथ’ मा धरान फुटबल क्लबलाई हराउँदै युके एफसी सेमिफाइनलमा
-
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
-
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने