आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

शनिबार, १२ असोज २०८१, २३ : ३७
शनिबार, १२ असोज २०८१

विराटनगर । सप्तकोसी चतरा जल मापन केन्द्रमा हालको जल सतह खतराभन्दा धेरै माथि पुगेको जनाइएको छ । शनिवार कोशी ब्यारेजले एक सूचना जारी गर्दै जल सतह खतराभन्दा धेरै माथि पुगिसकेको र अझै बढ्दो क्रममा रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई आइतबार बिहानसम्म सतर्क रहन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ– ‘सप्तकोसी चतरा जल मापन केन्द्रमा हालको जल सतह खतरा तह भन्दा धेरै माथि (११.२६ मि.) पुगिसकेको र अझै बढ्दो क्रममा रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने होचा भू–भागमा रहनुहुनेहरु भोलि बिहानसम्मै अति उच्च सतर्कताका साथ सुरक्षित स्थानमा  रहनुहोला/जानुहोला।’

 बिहीबारदेखि परेको अविरल वर्षाका कारण सप्तकोसीमा हाइ अलर्ट जारी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप