उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन
शनिबार, १२ असोज २०८१, २२ : ४८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाहरूमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकहरूको उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । शनिवार बसेको सो पार्टीका केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश, जिल्ला समिति तथा र्यापिड एक्सन टिमको संयुक्त बैठकले सो निर्देशन दिएको हो ।
बैठकले उद्धार कार्यमा खट्दा जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराउन निर्देशन दिएको छ । साथै उद्धार कार्यको नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न समेत बैठकले निर्देशन दिएको छ । बैठकले यी लगायत ८ बुँदे निर्देशन जारी गरेको छ ।
हेर्नुहोस् ८ बुँदे निर्देशन