दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा

सुर्खेत। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नालायकीपना प्रदर्शन गरेको प्रमुख प्रतिपक्षी नेता नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले यस्तो बताएका हुन् ।
‘नालायकीपन सरकारले प्रदर्शन नगरोस् म निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘प्रक्रिया, चुनौती होलान् ती सबै मिलेर सामना गर्ने हो । यो मेरो, प्रदेशको जिम्मेवारी होइन भनेर पन्छिने कुरा राम्रो भएन । तयारीका लागि खेलाडी तयार भइरहेका बेला निराश बनाउने कुराले सन्देश राम्रो जान्न ।’
कर्णालीमा पहिलोपटक मङ्सिर २ गतेदेखि प्रतियोगिता हुने भनिए पनि उक्त समयमा नहुने निश्चित भएको छ। मुख्यमन्त्री यामलाल कँडेलले केही समयअघि एक सार्वजनिक कार्यक्रममै उक्त प्रतियोगिता केन्द्रको आयोजनामा हुन लागेकाले प्रदेशले दायित्व नलिने बताएका थिए ।
कँडेलले बरु समयमा प्रतियोगिता गर्न दबाब दिनुका साटो दायित्व नलिने भन्दै पन्छिएको भन्दै शर्मा आक्रोशित बने । मुख्यमन्त्री ‘एक्सन’ मुखी नबनेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु