सप्तकोशीमा हाइ रेड अलर्ट जारी, पानीको बहाव ६ लाख क्यूसेक
शनिबार, १२ असोज २०८१, २२ : १२
विराटनगर । सप्ताकोशी नदीको बहाव थप बढ्दै गएपछि हाइ रेड अलर्ट जारी गरिएको छ । बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् ।
अहिलेको जलसतहको स्तर अत्याधिक खतरनाक भएको उल्लेख गरिएको छ । हाल त्यहाँको पानीको बहाव ६ लाख क्यूसेक मापन गरिएको छ ।