प्राकृतिक विपत्ति
मकवानपुरको सिस्नेरी चौकी बग्यो, सिन्धुलीको खुर्कोट र दुम्जाको चौकी डुबानमा
शनिबार, १२ असोज २०८१, २२ : ०२
काठमाडौँ। मकवानपुरको सिस्नेरी प्रहरी चौकीलाई बाढीले बगाएको छ । चौकी भवन सिस्नेरी खोलाले बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।
सिन्धुलीको दुम्जास्थित प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खुर्कोट डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटमा सुनकोसीको बहाव पसेपछि सामान अन्यत्र सारिएको डीआईजी शर्माले जानकारी दिए ।