आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरबाट १५ जना बेपत्ता

शनिबार, १२ असोज २०८१, २१ : ५२
शनिबार, १२ असोज २०८१

काठमाडौँ । बाढी र पहिरोका कारण ललितपुरबाट १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महालक्ष्मी नगरपालिका–९ लुभु बस्ने ५० वर्षीय शिवबहादुर थापामगर, उनकी पत्नी २४ वर्षीया हरिकला थापा मगर र छोरी साढे २ वर्षीया सिम्रिका थापा मगर छिन् । 

महालक्ष्मी नगरपालिका वडा नम्बर–८ बस्ने ५० वर्षीया लीला थापा, ओखलढुङ्गा घर भएर नखिपोट बस्ने ४० वर्षीय देवराज कार्की र रौतहट घर भएर नखिपोट बस्ने ३२ वर्षीय विकाउ शाह अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले रातोपाटीलाई बताए । 

महांकाल गाउँपालिका–३ गोटिखेल बस्ने ईश्वर तिमल्सिना, उनकी आमा र पत्नी गोमा तिमल्सिना पनि बेपत्ता छन् ।  गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतलामा कार्यरत ३० वर्षीय विवेक सिंह हराएका छन् । गोदावरी–७ छोटे डाँडाबाट ४ जना बेपत्ता भएको डीएसपी अधिकारीले जानकारी दिए । 

ललितपुरमा बाढी र पहिरोमा परेर २० जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप