शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

शनिबार, १२ असोज २०८१, २१ : ४०
शनिबार, १२ असोज २०८१

पोखरा । पोखरामा भएको पर्वतीय दौडको उपाधि सशस्त्र प्रहरीका निरोज भट्टले जितेका छन् । निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् ।

पोखरा क्लिकले आयोजना गरेको प्रतियोगितामा सल्यानका रुद्र बुढाथोकी दोस्रो भए भने पोखराका प्रकाश थिङ तेस्रो भए । उपाधि विजेता भट्टले २५ हजार, दोस्रो हुने बुढाथोकीले १५ र तेस्रो भएका थिङले ७ हजार पुरस्कार पाएका प्रतियोगिता संयोजक दीनानाथ बरालले जानकारी दिए ।

महिलातर्फ काभ्रेकी नितु तामाङले ५५ मिनेट २१ सेकेन्डमा दुरी पार गरी पहिलो भइन् । अण्डर १६ तर्फको स्पर्धामा पोखरा २२ का सागर देवकोटा पहिलो भए । पोखरा २२ तर्फको प्रतियोगितामा सुजिल परियार पहिलो भएका छन् ।

उनीहरूलाई गण्डकीका पूर्व अर्थमन्त्री रामजीप्रसाद बरालले पुरस्कार प्रदान गरे । प्रतियोगितामा ३ देशका १ सय ४ जनाले सहभागिताका लागि फर्म भरे पनि ७९ जना मात्रै सहभागी भएका थिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप