प्राकृतिक विपत्ति
काभ्रेको रोशीमा ३ सय जना उद्धारको पर्खाइमा
शनिबार, १२ असोज २०८१, २१ : ३७

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका स्थित कालढुंगा नजिकै खोलाको बिचमा फसेका ३ सय जनाको उद्धार हुन सकेको छैन । रोशीखोला र भ्याकुरेखोलको बिचमा अड्किएका उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।
अलपत्र परेकाहरूले उद्धार गर्न हेलिकप्टर आवश्यक पर्ने स्थानीयहरू बताउँछन् । कालढुंगा स्थित गाउँपालिकाले निर्माण गरेको डम्फुपार्क रोशीको बाढीले बगाएको छ । कालढुंगाका ८ घर बगेका छन् ।
रोशी तटीय क्षेत्रबाट उद्धार गरिएका करिब ३ हजार स्थानीयलाई मंगलटारमा राखिएको छ । इलाका प्रहरी कार्यालय नजिकैका ३ वटा स्कुलमा उनीहरूलाई व्यवस्थापन गरिएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म