शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

८ वर्षीय बालक मृत फेला

शनिबार, १२ असोज २०८१, २१ : ०२
शनिबार, १२ असोज २०८१

सप्तरी । राजविराज नगरपालिका—८ बाट हराएका आठ वर्षीय एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।

घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र आठ वर्षीय प्रिन्सकुमार साह मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

माछा मार्न जान्छु भनेका बालक हिजोदेखि हराएपछि प्रहरी र स्थानीयको प्रयासपछि आज मृत अवस्थामा भेटिएका सप्तरी युथ नेपालका मोहनकुमार यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप