नागरिकको जिउधनको सुरक्षा गर्न सरकार उदासिन देखियो : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बिपत व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताएका छन् । देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने- ‘राजधानी काठमाडौ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरु सडक सम्पर्कबाट बिच्छेद छन । बस्तीहरु डुबानमा छन् । नागरिकहरु चरम सङ्कटमा छन् । तर राज्य कहाँ छ यतिबेला ?’
नेपाली कांग्रेस सल्यान–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रम’ लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घट्नालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए । सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे, ‘मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?’
मौसम पूर्वानुमान विभागले केही दिन देखी नै यतिबेला भारी वर्षा हुन्छ भने पनि सरकारले त्यसको लागि सरकारले आवश्यक नगर्दा मानवीय क्षति भएको कोइरालाको भनाई छ । सरकारको यो चरम लापरबाही उनको जिकिर छ । कोइरालाले यस बिपत्तिको घडीमा कांग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा