काठमाडौँ महानगरको निर्णय
बाढीबाट प्रभावित काठमाडौँ महानगरका विद्यालय आइतबार बन्द हुने
शनिबार, १२ असोज २०८१, २० : २२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अविरल वर्षाको प्रभावमा परेका विद्यालय आइतबार बन्द गरेर सरसफाइमा लाग्न निर्देशन दिएको छ । महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयको नाममा एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको छ ।
‘अबिरल वर्षाका कारण विद्यालय परिसर जलमग्न भई विद्यालयमा नियमित पठनपाठन गर्न अनुकुल वातावरण नभएका विद्यालयहरुले मिति २०८१।६।१३ गते आइतबार विद्यालयको पठनपाठन सञ्चालन नगरी उपयुक्त सुरक्षा सावधानी अपनाउँदै विद्यालय सरसफाई गरी तत्पश्चात मात्र विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाई सो को जानकारी विद्यार्थी, अभिभावक र महानगरपालिकामा दिनुहुन निर्देशानुसार अनुरोध छ’, महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते