शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

एन्फा सिस्नेरी क्याम्पसका ६ जना विद्यार्थीको शव फेला

शनिबार, १२ असोज २०८१, १८ : ५८
शनिबार, १२ असोज २०८१

हेटौँडा । एन्फा सिस्नेरी क्याम्पसका ६ जना विद्यार्थीको शव फेला परेको छ । पहिरोले पुरिएको अवस्थामा ६ जना विद्यार्थीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोमा पुरिएको विद्यार्थीहरूको शव निकालेर काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ । 

कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

क्याम्पमा रहेका अन्य विद्यार्थी सुरक्षित रहेको उनले बताए । सुरक्षित रहेका ३४ जनालाई भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लैजान तयारी रहेको उनको भनाई छ । इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप