शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रामेछाप अपडेट : खैरेनीघाटको पुलमाथि सुनकोशी,  पहिरोमा एक जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, १८ : ३१
शनिबार, १२ असोज २०८१

काठमाडौँ । रामेछापलाई बिपी हाइवेसँग जोड्ने नेपालथोकस्थित खैरेनीघाटको पक्की पुललाई सुनकोशीको बहावले छोपेको रामेछापका डीएसपी प्रदीप कुमार सिंहले रातोपाटीलाई बताएका छन् । 

उनले भने, ‘पुलमाथि सुनकोशीको बहाव छ, पुल छ कि छैन यकिन गर्न सकेका छैनौं ।’ 

यसैबिच अबिरल वर्षाको कारण रामेछापमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका–१ ज्यामिरे घर भएकी धनमाया मगर छिन् । गोठमा खसेको पहिरोले पुरिएर ५१ वर्षीया धनमायाले ज्यान गुमाएकी हुन् । 

बाढी र पहिरोका कारण रामेछापमा ३ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप