चौकी उद्घाटन गरेर फर्केका बागमतीका आन्तरिक मामिला मन्त्री दुम्जामा रोकिए
शनिबार, १२ असोज २०८१, १८ : २३
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले बागमतीका आन्तरिक मामिला तथा कानुन मन्त्री सिन्धुलीको दुम्जामा रोकिएका छन् ।
बीपी राजमार्ग अवरुद्ध भएका कारण मन्त्री सुरज चन्द्र लामिछाने दुम्जामा रोकिएका हुन् । शुक्रबार सिन्धुलीको हर्षाही प्रहरी चौकी उद्घाटन गरेर उनी काठमाडौँ फर्किँदै थिए ।