अग्रज पत्रकार कार्कीको निधन
शनिबार, १२ असोज २०८१, १८ : ०३

बुटवल । अग्रज पत्रकार कर्णबहादुर कार्कीको आज निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका कार्की लामो समयदेखि मधुमेह र मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।
७० वर्षीय कार्कीको पाल्पा तानसेनमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले २०३६ सालको जनमत सङ्ग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए ।
२०४५ सालमा दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका थिए। उनी रुपन्देहीका बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन् ।
कार्कीको अहिले नै बुटवलको योगिकुट स्थित मगरघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी भएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । कार्कीका एक श्रीमती , दुई छोरी र एक छोरा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको ठुलो आक्रमणपछि जेलेन्स्कीमाथि फेरि खनिए ट्रम्प
-
वार्ताको माध्यमबाट शिक्षकहरुको समस्या यथाशीघ्र समाधान गर्न आयोगको आग्रह
-
सम्बन्ध विच्छेदको अफवाहबारे यसो भन्छिन् गोविन्दाकी श्रीमति सुनिता
-
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ
-
एक करोडको अक्षयकोष स्थापना घोषणा
-
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा