सिन्धुली, काभ्रे र मकवानपुरमा हेलिकप्टर परिचालन
शनिबार, १२ असोज २०८१, १७ : ५८
_h1Fb750mc3.jpg)
काठमाडौँ । गृह मन्त्रालयले अलपत्र नागरिकहरूको उद्धार गर्न ३ वटा जिल्लामा हेलिकप्टर परिचालन गरेको छ । खोज तथा उद्धारका लागी सिन्धुली, काभ्रे र मकवानपुरमा हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले रातोपाटीलाई बताए ।
सिन्धुलीको दुम्जा स्थित कुशेश्वर महादेवको मन्दिरमा अध्ययन गर्ने बटुकहरू सहित ३० जना अलपत्र परेका छन् । एकातिर रोशीखोला र अर्कोतर्फ सुनकोशीको बहावको बिचमा उनीहरू अलपत्र गरेको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै छ ।
मौसम सुधार भएपछि हेलिकप्टर परिचालन गरिएको हो । विपद्मा परेकाहरूको उद्धार गर्न २० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू