झरीपछिको काठमाडौँ
काठमाडौँमा रोकियो दुई दिनदेखिको झरी
शनिबार, १२ असोज २०८१, १७ : ५४

काठमाडौँ । दुई दिनदेखि जारी झरी अहिले काठमाडौँमा रोकिएको छ । राजधानीमा बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदै गएको थियो ।
वर्षाका कारण उपत्यकाका बागमतीसहितका नदी र सहायक खोलाहरूमा भीषण बाढी आएको थियो । बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरीका अनुसार काठमाडौँमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाको ज्यान गएको हो ।
यस्तै काठमाडौँमा १० जना घाइते हुँदा ६ जना बेपत्ता र ललितपुरमा ५ जना घाइते हुँदा थप १५ जना बेपत्ता भएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अब मौसम क्रमशः शिथिल बन्दै जाने बताएको छ । वर्षा रोकिएसँगै अब जनजीवन सहज बन्दै जाने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक