बाढीपहिरो
बाढीपहिरोमा परेर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता
शनिबार, १२ असोज २०८१, १७ : ३७
_zBaXUkiC5v.jpg)
काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो।
सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । यस्तै घटनामा ३४ जना घाइते समेत भएका छन् ।
शुक्रबार अपराह्न ४ बजेदेखि हालसम्म यो सङ्ख्यामा मृत्यु र बेपत्ताको विवरण सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो। सोही अवधिमा २ हजार १०३ जनाको सकुशल उद्धार समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
-
प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत
-
सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल