पहिरो
जब पहिरोले यात्रुवाहक बस पुर्यो...
शनिबार, १२ असोज २०८१, १७ : २५
काठमाडौँ । अविरल वर्षाले त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको छ ।
सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी