खोलाले बगाएर दुई जनाको मृत्यु
शनिबार, १२ असोज २०८१, १७ : २१
काठमाडौँ । इलाम र सिन्धुलीमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।
इलामको माई नगरपालिका-८ स्थित सेते खोलाले बगाएर सोही ठाउँ बस्ने ६८ वर्षीय मैत बहादुर लिम्बुको शुक्रबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाएर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित सुकेखोलाले बगाएर सोही नगरपालिका-१३ घर भई सोही नगरपालिका-९ पन्नेसी बस्ने ४६ वर्षीय कृष्ण बहादुर बोगटीको शुक्रबार राति मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सांसद छान्ने अधिकार छ, फिल्म छान्ने छैन
-
‘पूर्वराजालाई राजसंस्थावादीहरूले गलत ढङ्गले मूल्याङ्कन गर्नुभएको छ’
-
आइतबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
-
आईपीयूको दिगो विकास स्थायी समितिमा पहिलो पटक नेपालको प्रतिनिधित्व, शाक्य विजयी
-
नेपालविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने
-
सिकन्दरको ‘हरिबिजोग’, सात दिनमा १०० करोड पनि कमाएन