शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
सरकार

आपत्कालीन समन्वयात्मक बैठक : सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

सबै घाइतेको नि:शुल्क उपचार, राहत र उद्धारलाई प्राथमिकता
शनिबार, १२ असोज २०८१, १७ : १०
शनिबार, १२ असोज २०८१

काठमाडौँ । सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।  शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

अविरल परेको वर्षाका कारण विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा सरकारले प्राथमिकतामा राखेको उनले बताए । साथै प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले विपद्मा परेर घाइतेहरू भएकाहरूलाई नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङका अनुसार बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेको उपचार र निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियम अनुसार प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै तत्काल र अविलम्ब अवरुद्ध सडक खोल्न भौतिक मन्त्रालयले पहल गर्ने तथा अवरुद्ध टेलिफोन र विद्युत् नियमित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्ने निर्णय भएको मन्त्री गुरुङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप