शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
बाढी

सिन्धुपाल्चोकमा भोटेकोशीले रिसोर्ट बगायो, २ जनाको मृत्यु

१५ जनाको उद्धार, दुई जना बेपत्ता
शनिबार, १२ असोज २०८१, १७ : ०३
शनिबार, १२ असोज २०८१

काठमाडौं । सिन्धुपाल्चोकमा भोटेकोशीले रिसोर्ट बगाउँदा दुई जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर–४ स्थित च्यामेमा सञ्चालित सिन्धु बिच रिसोर्ट बाढीले बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले रातोपाटीलाई बताए । 

भोटेकोशीले बगाएको दुई जनाको शव भेटिएको छ । अरू दुई जना बेपत्ता छन् । च्यामेमा रिसोर्टसँगै रहेका घरहरूबाट १५ जनालाई उद्धार गरिएको डीआईजी शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप