देशका ७७ स्थानमा अत्यधिक वर्षा मापन, अधिकांश स्थानमा २ सय मिमिभन्दा बढी वर्षा
_Ntk13OFbgO.jpg)
काठमाडौँ । बिहीबारदेखि देशभर लगातार भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यति बेला नेपालका ७७ स्थानमा अत्यधिक वर्षा मापन गरिएको छ ।
धेरैजसो स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । अत्यधिक वर्षाका कारण बाढी, पहिरो र सडक भासिनेजस्ता घटनाहरू भइरहेका छन् । सबैभन्दा धेरै वर्षा चितवनको त्रिशूली कालीखोलामा २५० दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
तनहुँको विमलनगरमा २१० मिलिमिटर, सुनसरीको पुरानो चतरामा २०४ मिलिमिटर, नवलपरासीको दण्डामा २११ मिलिमिटर, पाल्पाको अचर्लेमा २३८ मिलिमिटर, मकवानपुरको चिसापानी गढीमा २०० मिलिमिटर, दामनमा २२९ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।
चितवनको झुवाडीमा १९९ दशमलव ८ मिलिमिटर र गोविन्दबस्तीमा २३५ मिलिमिटर वर्षा भएको छ ।
ललितपुरको गोदावरीमा २४० मिलिमिटर, खुमलटारमा २३८ मिलिमिटर, टिकाथलीमा २२३ दशमलव २ मिलिमिटर, काठमाडौँको बबरमहलमा १९६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी, धनकुटाको मूलघाटमा २०९ मिलिमिटर, इलामको राँकेमा १८९ दशमलव ४ मिलिमिटर, बाराको रजुवामा १९८ दशमलव ८ मिलिमिटर र मकवानपुरको हात्तिसुढेमा २ सय दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
बागमती, कोसी, नारायणी र तिनाउ नदी बेसिनमा पर्ने विभिन्न स्थानहरूमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण जलप्रवाह बढेर भीषण बाढीको रूप लिएको छ । खोला तथा नदी किनारमा घर गोठ, खेती बगाउने जस्ता घटनाहरू बढेका छन् ।
कपिलवस्तुको भगवानपुर स्टेसनमा २४ घण्टामा १६५ दशमलव ६ मिलिमिटर, रुपन्देहीमा १६८ मिलिमिटर र पल्पाको जाल्पा स्टेसनमा १६६ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चेक, काभ्रे, काठमाडौँ, धादिङ, नुवाकोट, सिन्धुली, गोरखा, तनहुँ, चितवन, मकवानपुर लगायतका क्षेत्रहरूमा पनि भारी वर्षा भएको छ । यस्तै कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा भारी वर्षा भएको छ ।
भारी वर्षाका कारण हाल देशका विभिन्न भागहरूमा बाढी, पहिरो र सडक भासिने घटनाहरू भइरहेका छन् । तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न सरोकारवाला निकायहरूले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक