शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था अज्ञात, उद्धारका लागि पत्र

शनिबार, १२ असोज २०८१, १६ : ५८
शनिबार, १२ असोज २०८१

दोलखा । पहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था रहेको छ । केन्द्रका प्रमुख पूर्ण गोपाल रञ्जितले नेपाली सेनाको श्री गरुडदल गणलाई पत्र लेख्दै सो कुराको जानकारी दिएका हुन् ।

माथिल्लो तामाकोशी जलविद्युत केन्द्र अन्तर्गत विगु गाउँपालिका वडा न १ लामावगरस्थित बाँधस्थल सञ्चालनका लागि रहेको हेडवर्क्स कन्ट्रोल बिल्डिङमा अविरल वर्षाको कारण आएको पहिरोले क्षति भएको रञ्जितको भनाई छ । उक्त भवनभित्र कार्यरत यस कम्पनीका दुई जना कर्मचारी, सोही गण अन्तर्गतका दुई जना जवानहरू र एक जना सुरक्षा गार्डको अवस्था अज्ञात रहेको उनले जानकारी दिएका छन् । 

उनीहरूलाई तत्काल हेलिकोप्टर या अन्य उपायबाट उद्धार गरिदिन उनले पत्रमार्फत अनुरोध गरेका छन् ।  उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नै व्यहोर्ने जानकारी पनि गराएका छन् ।

460242471_565055649183090_89231551226515833_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप