माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था अज्ञात, उद्धारका लागि पत्र
दोलखा । पहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था रहेको छ । केन्द्रका प्रमुख पूर्ण गोपाल रञ्जितले नेपाली सेनाको श्री गरुडदल गणलाई पत्र लेख्दै सो कुराको जानकारी दिएका हुन् ।
माथिल्लो तामाकोशी जलविद्युत केन्द्र अन्तर्गत विगु गाउँपालिका वडा न १ लामावगरस्थित बाँधस्थल सञ्चालनका लागि रहेको हेडवर्क्स कन्ट्रोल बिल्डिङमा अविरल वर्षाको कारण आएको पहिरोले क्षति भएको रञ्जितको भनाई छ । उक्त भवनभित्र कार्यरत यस कम्पनीका दुई जना कर्मचारी, सोही गण अन्तर्गतका दुई जना जवानहरू र एक जना सुरक्षा गार्डको अवस्था अज्ञात रहेको उनले जानकारी दिएका छन् ।
उनीहरूलाई तत्काल हेलिकोप्टर या अन्य उपायबाट उद्धार गरिदिन उनले पत्रमार्फत अनुरोध गरेका छन् । उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नै व्यहोर्ने जानकारी पनि गराएका छन् ।