शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
बाढी र पहिरोको वितण्डा

काठमाडौँमा मृत्यु भएका १० जनाको सनाखत

एक जनाको पहिचान भएन
शनिबार, १२ असोज २०८१, १६ : ४३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । बाढी र पहिरोका कारण काठमाडौँमा ११ जनाले ज्यान गुमाएका छन् । मृत्यु भएकाहरूमध्ये १० जनाको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । 

मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षीय भविन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी, र वडा नम्बर–७ बस्ने ५० वर्षीया देवी लिम्बु छन् । 

सप्तरीको अग्निसयर कृष्ण सौरण गाउँपालिका घर भएर इचंगुनारायण बस्ने ४५ वर्षीय सचिन शाहको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकी पत्नी ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको छ । 

कीर्तिपुरमा २४ वर्षीय अजय पाण्डेले ज्यान गुमाएका छन् । उनी अर्घाखाँची घर  भएर कीर्तिपुर बस्दै आएका थिए । त्रिभुवन विश्वविद्यालयको गेट अगाडी खोलामा एक जना पुरुष मृत भेटिएका छन् । उनको पहिचान खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप