हात्तीवनमा सडक भासियो, खाल्टोमा आधा डुब्यो यात्रुवाहक बस
शनिबार, १२ असोज २०८१, १६ : ३७

काठमाडौँ । ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ ।
शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो । घटनास्थलमा उद्धारको काम सुरु गर्दै बसलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी छ । सो दुर्घटनामा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने
-
ईश्वर पोखरेलको स्मृतिमा आमा : मेरी आमा कसैका आँखा बनेर जीवित हुनुहुन्छ !
-
मुकुल ढकालको आग्रहः रवि दाइलाई बिदा गरेर पार्टी निर्माणमा लागौँ