शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राहत र उद्धारमा लाग्न माओवादी कोशी प्रदेश समितिको आग्रह

शनिबार, १२ असोज २०८१, १५ : ४८
शनिबार, १२ असोज २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको भन्दै तीनै तहका सरकारलाई राहत र उद्धारमा केन्द्रित हुन आग्रह गरेको छ । 

माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाको कारण आम मानिसको जनजीवन प्रभावित बनेको जनाएका छन् । कोसीमा आधा दर्जन व्यक्तिहरूको बाढी र पहिरोमा परी ज्यान गएको, ८ जनाभन्दा बढी बेपत्ता भएको, कयौं मानिसहरू घाइते भएको र लाखौँको क्षति भएको बताउँदै उनले कयौं मानिसहरू बाढी पहिरोको जोखिममा परी उद्धारको प्रतीक्षामा रहेको जनाएका छन् ।

 ‘बेपत्ताको खोजी गर्न, उद्धार कार्यमा लाग्न र राहत वितरणलाई चुस्त दुरुस्त बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारलाई आग्रह गर्दछौँ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘यस विपद्को घडीमा सरकारी निकायको समन्वयमा दुःख,पीडा र समस्यामा परेका आम सर्वसाधारणको खोज, उद्धार र राहत वितरणको कार्यमा जुट्न हाम्रो पार्टी कमिटी र जनवर्गीय सङ्गठनका सम्पूर्ण कमरेडहरूलाई आग्रह गर्दछौँ ।’

उनले अझै केही दिन मनसुन सक्रिय रहने भएकोले आम सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन, नदी किनारमा नबस्न र आफ्ना परिवारका सदस्यहरू वृद्धवृद्धा, बालबालिका, गर्भवतीहरूको सुरक्षामा विशेष ध्यान दिन अपिल पनि गरेका छन् ।

koshi-maoist

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप