काठमाडौँ उपत्यकामा ११७ प्रहरीद्वारा ३८० जनाको उद्धार
शनिबार, १२ असोज २०८१, १५ : ४५

काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न नदीहरूमा बाढी आएर प्रभावित भएका ३८० जनालाई उद्धार गरिएको छ । विभिन्न टोलीमा रहेका ११७ जना प्रहरीले प्रभावितलाई उद्धार गरेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक टेक बहादुर जोरा नेतृत्वमा खटिएको ५६ जनाको टोलीले ललितपुर, बल्खु क्षेत्रबाट ३२० जनालाई र्याफ्टिङ बोर्डबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् ।
यस्तै प्रहरी निरीक्षक सन्तोष दाहाल र मोहन विक्रम केसी नेतृत्वको ३५ जनाको टोलीले ललितपुर, नख्खु मेडासिटी क्षेत्रबाट ६० जनाको उद्धार गरेको छ ।
प्रहरी निरीक्षक ओम प्रकाश वाग्ले नेतृत्वको १६ जनाको टोलीले भक्तपुर परिसरको उद्धार टोलीलाई सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
-
एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?