मुख्यमन्त्री कार्कीले गरे कोशी ब्यारेजको अनुगमन, सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन् । आज दिउँसो मुख्यमन्त्री कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख पनि अनुगमनमा सहभागी थिए । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरे ।
स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरेका हुन् । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भईरहेको छ ।
यस्तै प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्धार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित