शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
बाढी

१४ स्थानमा नदीको जलसतह खतराको तहमाथि

शनिबार, १२ असोज २०८१, १५ : ३३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । देशभर यतिबेला वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न नदीको जलसतह बढ्दो क्रममा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार अपराह्न साढे ३ बजेको मापनअनुसार विभिन्न १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।

चितवनको देवघाटमा नारायणी नदीले जलसतह खतराको तह पार गरेको छ । यसले सो क्षेत्रमा डुबान भइरहेको छ ।

त्यस्तै, काठमाडौँको बालकुमारीमा मनहरा खोलाको जलसतह खतराको तहभन्दा माथि रहेको छ । भक्तपुरको कौशलटारमा हनुमन्ते खोला र ललितपुरको खोकनामा बागमती नदीको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।

त्यस्तै, रौतहट, बारा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, सुन्सरीलगायत क्षेत्रमा पनि नदीहरूको जलसतह खतराको तहभन्दा माथि छ । हेर्नुहोस् सूची :

fl

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप