प्राकृतिक प्रकोप
काठमाडौँलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध
शनिबार, १२ असोज २०८१, १५ : २५

काठमाडौँ । काठमाडौँलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो।
यो १३२ केभीको प्रसारण लाइन हो । यसबाट विद्युत् आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुनेछ। यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
त्यस्तै ढल्केबर-पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएको छ। यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु