सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

शनिबार, १२ असोज २०८१, १५ : ०८
शनिबार, १२ असोज २०८१

नवलपरासी । पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । 

अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।  सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप