पर्वतमा पाँच दिनदेखि आमाछोरी बेपत्ता

पर्वत । फलेवास नगरपालिका–१ कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । घर पोत्ने रातो माटो खन्न गत मङ्गलबार साँझ घरबाट निस्किएका ३२ वर्षीया गङ्गा पौडेल र आठ वर्षीया दिपीका पौडेल बेपत्ता भएका हुन् ।
स्थानीय कार्कीनेटा बजारमा गङ्गा बिजुली पसल सञ्चालन गर्दै आएका श्रीमान् दीपक शर्मा विद्युत् मर्मत गर्न गाउँतर्फ गएका बेला उनीहरु घर पोत्ने माटो खन्न भिरमुनि भन्ने ठाउँमा गएका थिए । अबेरसम्म घर नफर्किएपछि आफन्त, इष्टमित्र मिलेर खोजी गरिएको थियो ।
पाँचदिनदेखि बेपत्ता उनीहरु हालसम्म फेला नपरेका गङ्गाका श्रीमान् शर्माले बताए । बेपत्ता आमाछोरीको खोजी गर्न प्रहरीमा उजुरी दिनुका साथै सबै संयन्त्र प्रयोग गरिएको उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बेपत्ता आमाछोरीको हुलियासहित खोजी कार्य भइरहेको बताए । प्रहरीका सबै संयन्त्र परिचालन गरी खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख