शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

शनिबार, १२ असोज २०८१, १४ : १२
शनिबार, १२ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेकोले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हुन् । 

अध्यक्ष दाहालले राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न समेत अपिल गरेका छन् ।  उनले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशन पनि दिएका छन् । साथै हवाई तथा स्थल यातायातमा सतर्कता अपनाउन पनि उनले आम जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप