शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

हिजोदेखि रोकिएको आन्तरिक उडान साँझसम्मका लागि खुल्यो

शनिबार, १२ असोज २०८१, १४ : ०३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । हिजो साँझदेखि रोकिएका आन्तरिक उडान आंशिक रुपमा सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट मुख्य शहरहरुमा हुने उडानलाई आंशिक रुपमा खुला गरेको हो ।

विमानस्थलबाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आईएफआर) र भिज्युअल फ्लाइट रुल (भीएसआर) गरी दुई तरिकाबाट उडान र अवतरण हुन्छ । भीएसआर भनेको पाइलटले आँखाले हेरेरै उडान तथा अवतरण गर्ने सिस्टम हो । आईएफआर अन्तर्गत भने यस्तो उडान र अवतरण उपकरणको सहायताले गरिन्छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आईएफआर प्रविधि अन्तर्गत गरिने उडान बेलुकी छ बजेसम्मको लागि खुला भएको छ । यी उडान गरेपछि पाइलटले दिने मौसमसम्बन्धी सूचनाका आधारमा थप निर्णय लिइने उनले जानकारी दिए ।

योसँगै चन्द्रगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा हिजोदेखि रोकिएका उडानहरु सुचारु भएका छन् ।  त्यसबाहेक अन्य एयरपोर्टको उडानहरुमा लगाइएको रोक भने यथावत छ । अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमित रुपमा भइरहेको भुलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप