सिन्धुलीको कुशेश्वर गुरुकुलका ३३ जना बाढीको भँगालो बिचमा, उद्धारमा कठिनाइ

काठमाडौँ । सिन्धुलीको दुम्जास्थित कुशेश्वर गुरुकुलका ३ शिक्षक, पुजारीसहित २८ जना विद्यार्थी सुनकोशी र रोशी खोलामा आएको बाढीको घेराउमा परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको आदि लिंगेश्वर कुशेश्वर गुरुकुलका शिक्षक विद्यार्थी गरी ३३ जना बाढीको घेरामा परेको वडासचिव रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।
उनीहरू बसेको ठाउँलाई चारैतिर बाढीले घेरेकोले खतराको अवस्थामा रहेको थापाले बताए । उनीहरूलाई उद्धारका लागि सिन्धुलीबाट सुरक्षाकर्मीको टोली पुगे पनि उद्धारमा कठिनाइ भएको छ । गृह मन्त्रालयलाई उद्धारका लागि हेलिकप्टर मागे पनि अहिलेसम्म नपुगेको उनले बताए ।
उनले भने– ‘रोशी र सुनकोसीको बाढीले उनीहरू बसेको ठाउँ घेरेको छ । अहिले त उनीहरू सुरक्षित छन् तर बाढी बढ्यो भने जोखिमको अवस्था छ । उद्धारका लागि आएका व्यक्तिहरू जान सक्ने अवस्था छैन ।
उनीहरू उद्धारको पर्खाइमा रहेका छन् । गृह मन्त्रालयलाई हेलिकोप्टरका लागि खबर गरे पनि आएको छैन । सडक पनि सबैतिर अवरोधको अवस्था छ ।’ गए रातिदेखि बाढीले उनीहरू बसेको ठाउँलाई घेरेको थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
-
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल रद्द, यस्तो बन्यो समीकरण
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा