सिन्धुलीको बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धार गर्न पत्राचार

सिन्धुली । सिन्धुलीको दुम्जामा बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको छ । शक्रबारबाट बाढीमा फसेका ३३ जनाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गृह मन्त्रालयलाई आग्रह गरेको हो ।
बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३३ जना शिक्षक र विद्यार्थी फसेका सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलले बताए । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत विद्यार्थी र शिक्षक बाढीमा फसेका थिए ।
मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी र अगाडि बगेको रोशी खोलामा बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेका थिए । दुईतर्फ खोलाले घेरिएको टापु जस्तै स्थानमा रहेको मन्दिरमा रहेको गुरुकुलमा अध्ययनका लागि बसेका उनीहरू बाढीमा फसेका थिए ।
हाल सो स्थान सुरक्षित रहेको र रोशी खोला घट्दै गएको छ भने सुनकोशी खोला बढ्दो क्रममा रहेको उनले बताए । नदी सतहभन्दा निकै माथि रहेको कुशेश्वर मन्दीरको टापुमा पानी नपुगको अवस्था सामान्य नै रहेको उनको भनाई छ ।
यद्यपी उनीहरुलाई सुरक्षित स्थानमा ल्याउने प्रयत्नका साथ प्रहरी परिचालन गरिएको उनले बताए । उनका अनुसार बाढीमा फसेकाको उद्धारका लागि लिखित पत्राचार गरिएको र मौषम अनुकल हुनासाथ उद्धार गरिनेछ । खोलाबाट डोरी तथा अन्य सामग्रीले उद्धार गर्न सम्भव नरहेकोले हेलिकप्टरका लागि लिखित रुपमा नै आग्रह गरिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक