शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरबाट प्रहरीको गाडी र मोटरसाइकल बाढीले बगायो

शनिबार, १२ असोज २०८१, १३ : ३८
शनिबार, १२ असोज २०८१

काठमाडौँ । ललितपुरको इलाका प्रहरी कार्यालय टुंगुनको गाडी, मोटरसाइकल र एउटा स्कुटर बाढीले बगाएको छ । टुंगुन प्रहरी चौकीबाट बा.२ झ १९१८ नम्बरको गाडी र बा.२ व १२६९ नम्बरको मोटरसाइकल बगाएको प्रहरी वृत्त चापागाउँका डीएसपी डिलबहादुर मल्लले बताए । 

प्रहरी चौकीमा राखिएको एउटा स्कुटर पनि बगाएको छ । टुंगुनमा बैतर्णी र घडघडा सहितका ३ वटा खोलामा आएको बहावले गाडी र मोटरसाइकल बगाएको मल्लले जानकारी दिए । बाढीको कारण टुंगुनमा कार्यरत प्रहरीलाई त्यहाँबाट सुरक्षित ठाउमा सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप