शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हेलेन आँधीका कारण अमेरिकामा कम्तीमा ४३ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, १३ : ३६
शनिबार, १२ असोज २०८१

वासिङ्टन । दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौँ मानिस विद्युतविहीन जीवन बिताउन बाध्य छन् । 

आँधीपछि आएको बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर र ठुला सवारी साधनको प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन्। त्यसमध्ये टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई उद्धार गरिएको छ । 

बिहीबार राति फ्लोरिडाको तटमा आइपुगेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी हो । यो उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको छ । आँधीका कारण अर्बौँ डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप