शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मारिएको इजरायलको दाबी

शनिबार, १२ असोज २०८१, १३ : ३२
शनिबार, १२ असोज २०८१

तेल अभिभ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी बेरुतमा गरेको हवाई हमलामा हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल मारिएको दाबी गरेको छ। आईडीएफले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यो जानकारी दिएको हो। 

पोस्टमा लेखिएको छ, ‘अली इस्माइल इजरायलमा धेरै आतङ्कवादी हमलाहरू निर्देशित गर्न जिम्मेवार थिए। जसमा इजरायली क्षेत्रतर्फ रकेट प्रहार गर्ने र बुधबार मध्य इजरायलतर्फ सतहदेखि सतहमा मार हान्ने मिसाइलहरू प्रहार गर्ने समावेश छन्।’ 

हिजबुल्लाहको मिसाइल र रकेट फोर्सका प्रमुख इब्राहिम मुहम्मद काबिसीको पनि मृत्यु भएको आईडीएफले जनाएको छ । यीबाहेक अन्य वरिष्ठ कमाण्डरको पनि मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप