बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई प्रभु साहको आग्रह

शनिबार, १२ असोज २०८१, १३ : २५
शनिबार, १२ असोज २०८१

काठमाडौँ । आम जनता पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण देशैभरी ठुलो मात्रामा जनधनका साथै भौतिक पूर्वाधारको क्षति भएको छ । कतिपय परिवार घरबार विहीन भएका छन् । 

`अविरल वर्षाले धेरै परिवार घरबार विहीन भई खाने, बस्ने समस्यामा छन् । बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ । बाढी पहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ´ आजपा अध्यक्ष साहले भने, `अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरूलाई म विशेष अनुरोध गर्दछु ।´

साथै उनले पीडित परिवारलाई तत्काल उद्धार, सहयोग गर्दै खाने, बस्ने व्यवस्थापन लगायत विषयमा विशेष ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप