शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा रहेका ओलीले दिए फेसबुकमार्फत निर्देशन

शनिबार, १२ असोज २०८१, १३ : १३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अमेरिकामा छन् । संयुक्त राष्ट्रसँगको महासभालाई सम्बोधन गरेर अहिले घुमघामसहित अन्य कार्यक्रममा सहभागी उनले देशका विभिन्न स्थानमा बढी पहिरोको प्रकोप बढेसँगै मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । 

फेसबुकमार्फत उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउन निर्देशन दिएका छन् ।  अविरल वर्षासँगै बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेको भन्दै उनले यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग टेलिफोनमा कुराकानी भएको पनि जानकारी दिएका छन् । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको गृहमन्त्रीमार्फत आफूले जानकारी पाएको उनको भनाइ छ ।  ‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ।  सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला’, उनले फेसबुकमार्फत भनेका छ्न् । 

मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने देखिएको भन्दै उनले भनेका छन्, ‘उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप