मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुनकोशीको बाढीले पक्की पुल बगायो

शनिबार, १२ असोज २०८१, १३ : १०
शनिबार, १२ असोज २०८१

काठमाडौँ ।  निरन्तरको वर्षाका कारण सुनकोशीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएको छ । 

शनिबार सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ । 

अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र जोखिममा परेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप