एन्फाको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ६ जना विद्यार्थीहरु सम्पर्कविहीन भएका हुन् ।
बिहीबारदेखि परेको वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर भागेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्क विहीन भएका हुन् ।
कार्यालयकी प्रमुख प्रहरी निरिक्षक ललिता ढकालका अनुुसार एकेडेमीका खेलाडी कुलेखानीको बाढीबाट बच्न भन्दै सुरक्षाकर्मीलाई छलेर भागेको जानकारी आएको बताइन् ।
उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार बेपत्ता हुने विद्यार्थीहरुमा अनुप घलान मकवानपरु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन् । एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते
-
पर्साको बालसुधार गृहमा होली मनाइयो
-
उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा